समाचार

भारतले मिचेको भूमि फिर्ता गराउन सरकार सक्रिय : नारायणकाजी

भारतले मिचेको भूमि फिर्ता गराउन सरकार सक्रिय : नारायणकाजी

देश, समाचार
१ मंसिर, भक्तपुर । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका लागि नेकपालाई चुनावमा जिताउनै पर्ने बताएका छन् । मंसिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्रनम्बर १(क)मा नेकपाका उम्मेदवार डीपी ढकालको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले सो धारणा राखेका हुन् । ढकाललाई जिताउन अपिल गर्दै श्रेष्ठले भने, ‘नेपालको कालापानीलगायतको मिचिएको भूभाग नेकपाले मात्र फिर्ता गराउन सक्छ ।’ नेकपाको सरकारले स्पष्ट रुपमा कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो भनेर स्पष्ट पारेको उनले दाबी गरे । पूर्वउपप्रधानमन्त्री एवम् पराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न सरकार दृढतापूर्वक लागेको जिकिरसमेत गरे । चुनावी कार्यक्रममा नेकपा प्रवक्ता श्रेष्ठसहित सांसद् महेश बस्नेत, सांसद् रामेश्वर फुयाल, जिल्ला इञ्चार्ज दिलीप
बंगलादेशका राष्ट्रपति स्वदेश फर्किँदा विमानस्थल आधा घण्टा बन्द गरिने

बंगलादेशका राष्ट्रपति स्वदेश फर्किँदा विमानस्थल आधा घण्टा बन्द गरिने

देश, समाचार
२९ कात्तिक, काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद स्वदेश फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ । चारदिने सदभावना भ्रमणका लागि गत मंगलबार नेपाल आएका हमिद शुक्रबार अपराह्न करिब पाँच बजे स्वदेश फर्किँदैछन् । उनी बंगलादेशको राजधानी ढाका उड्नुअघि शुक्रबार अपराह्न चार बजे ४० मिनेटदेखि ५ बजेर १० मिनेटसम्म अन्य सबै उडान तथा अवतरण बन्द गरिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । स्वदेश फर्किनुअघि राष्ट्रपति हमिदले चन्द्रागिरि हिल्स र पाटन दरबार स्क्वायर अवलोकन गर्नेछन् । गत मंगलबार नेपाल आएलगत्तै भक्तपुर दरबार स्क्वायर भ्रमण गरेका उनले बिहीबार पोखरा भ्रमण गरेका थिए । नेपाल बसाइँको क्रममा राष्ट्रपति हमिदले समकक्षी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्
आजकाे तपाईंको राशिफल हेर्नुहाेस ?

आजकाे तपाईंको राशिफल हेर्नुहाेस ?

समाचार
काठमाडौं, २९ कात्तिक । वि.सं.२०७६ साल कात्तिक २९ गते । शुक्रबार । ईश्वी सन् २०१९ नोभेम्बर १५ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । मार्गकृष्ण पक्ष । तिथि तृतीया,३२ घडी ४५ पला,बेलुकी ०७ बजेर ३१ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र मृगशिरा,४३ घडी ३१ पला,बेलुकी ११ बजेर ५० मिनेट उप्रान्त आद्रा । योग, शिव ०८ घडी ०३ पला,बिहान ०९ बजेर ३८ मिनेट उप्रान्त सिद्ध । करण वणिज,बिहान ०७ बजेर ४६ मिनेट उप्रान्त भद्रा,बेलुकी ०७ बजेर ३१ मिनेट उप्रान्त बव । आनन्दादिमा मानस योग । चन्द्रराशि वृष,मध्यान्ह ११ बजेर ४८ मिनेट उप्रान्त मिथुन ।मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय राम्रो रहेकोले लेखन कलाको माध्ययमले आफ्ना भनाईहरु जनमानसमा लैैजान सकिनेछ । पढ्न लेख्न मन लाग्नेछ भने नतिजा तपार्ईँ आफ्नै पक्षमा पार्न सकिनेछ । मध्यान्हबाट माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना
नेकपालाई सीका पाँच सन्देश

नेकपालाई सीका पाँच सन्देश

देश, समाचार
२६ असोज, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुबीच भेटवार्ता भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपाका सचिवालय सदस्यहरुले सीसँग सामूहिक भेटवार्ता गरेका हुन् । भेटमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल सहभागी थिए । यस्तै नेकपा नेता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि भेटमा सहभागी थिए । स्रोतका अनुसार भेटमा राष्ट्रपति सीले मुख्यतः पाँच वटा विषयमा जोड दिएका छन् । पहिलो : नेपालले जुन राजनीतिक उपलब्धी र स्थायित्व हासिल गरेको छ र विकासको बाटोमा हिँड्न खोजेको छ, त्यसका लागि बधाई दिन्छु र चीन सधैं साथमा रहनेछ । दोस्रो : नेपाल र चीनको सम्बन्ध राम्रो छ । र, यसलाई अझ सुदृढ गर्दै लैजानुपर्छ । दुई पार्टी (
ज्ञानेन्द्र शाहीले कार्यक्रम गर्न चितवन नै रोज्नुको रहस्य

ज्ञानेन्द्र शाहीले कार्यक्रम गर्न चितवन नै रोज्नुको रहस्य

देश, समाचार
काठमाडौं, शनिबारका दिन ज्ञानेन्द्र शाहीलगायतका समूहमाथि चितवनमा आक्रमण भएपछि अहिले एकथरिले सरकारविरुद्ध आक्रोश पोख्ने काम गरेका छन् । तर तथ्यहरुले भने ज्ञानेन्द्र शाहीहरुले अराजकता र चर्चा बटुल्न नियोजितरुपमा नै चितवनमा कार्यक्रम गर्न खोजेको देखाएका छन् । ज्ञानेन्द्र शाहीले भ्रष्टाचारविरोधी अभियन्ताको रुपमा आफूलाई चिनाएका छन् । त्यसो हो भने उनले कि त ७७ वटै जिल्लामा गएर कार्यक्रम गर्ने योजना बनाउनु पथ्र्यो । त्यस अन्तर्गत उनी चितवन पुगेको भए त्यसलाई सामान्य मान्न सकिन्थ्यो । अथवा, चितवनमा मात्रै त्यस्तो कुनै भ्रष्टाचारको विशेष इस्यू भएको भए त्यसको बिरोधमा उनीहरु चितवन ओर्लिनुलाई पनि स्वभाविकरुपमा नै लिइन्थ्यो । तर ज्ञानेन्द्र शाहीहरुले यी दुबै कारणले चितवन रोजेको देखिँदैन । उनीहरुले चितवन रोज्नु प्रचण्डविरुद्ध सुनियोजित र श्रृंखलाबद्ध षडयन्त्रलाई अझै प्रश्रय दिनु मात्र थियो ।
गौहत्या प्रकरणः सिडिओदेखि मेयरसम्म कारबाहीमा पर्दै

गौहत्या प्रकरणः सिडिओदेखि मेयरसम्म कारबाहीमा पर्दै

देश, समाचार
नेपालगन्जबाट दैलेख लैजानेक्रममा २४ गाईगोरु मारिएको घटनामा लापरबाही गरेको भन्दै सिडिओ, नगरपालिकाका मेयर र कार्यकारी अधिकृतमाथि कारबाही गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले यो घटना नियोजित हत्या नभई लापरबाहीको उपज भएको बताएको छ । उपसचिव सागरमणि पाठक नेतृत्वको छानबिन समितिले बुधबार गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको छ । नगर प्रहरीदेखि मेयरसम्मको लापरबाहीका कारण सो घटना भएको छानबिन समितिको ठहर छ । लापरबाही गर्ने बाँकेका तत्कालीन सिडिओ मदन भुजेल, नेपालगञ्ज उपमहानगरपालिकाका नगरपालिकाका कार्यकारी अधिकृत हरि प्याकुरेल तथा मेयर धवलशमशेर राणामाथिसमेत विभागीय कारबाही गर्न समितिले सिफारिस गरेको छ । सुरक्षित रूपमा गाईगोरु ओसार्नका लागि सतर्कता नअपनाएको भन्दै समितिले उनीहरूलाई कारबाही गर्नुपर्ने सिफारिस गरेको हो । उप महा नगरपालिकाले जिल्ला प्रशासन कार्यालय
हेर्नुहाेस् कसरी सहभागी हुने ‘नेपाल आइडल’ सिजन ३ मा , यि ६ सहरमा हुँदैछ अडिसन ।

हेर्नुहाेस् कसरी सहभागी हुने ‘नेपाल आइडल’ सिजन ३ मा , यि ६ सहरमा हुँदैछ अडिसन ।

देश, समाचार
नेपाली टेलिभिजन इतिहासकै सबैभन्दा ठूलो गायन रियालीटी सो ‘नेपाल आइडल'को तेश्रो संस्करण घोषणा भएको छ। एपी वान एचडीबाट प्रसारण हुँदै आएको 'नेपाल आइडल' को पहिलो र दोश्रो संस्करणको सफलतापछि तेश्रो संस्करणको तयारी भएको हो। यो सिजनका लागि देशका मुख्य ६ वटा सहरमा अडिसन हुँदैछ। मंगलबार पोखरादेखि सुरु हुने अडिसन कात्तिक ६ गते काडमाडौंबाट टुंगिने छ। बुटवलमा ३ असोज, नेपालगञ्जमा ६ असोज, वीरगन्जमा १० असोज र विर्तामोडमा १४ असोजमा अडिसन हुँदैछ। मंगलबार पोखराको सिमालचौरस्थित जनप्रिय माविमा अडिसन हुनेछ। १६ देखि ३० वर्षको उमेर समूहका नेपाली नागरिकले अडिसनमा सहभागी हुन पाउनेछन्। अडिसनमा सहभागी हुन आउँदा दुई प्रति पासपोर्ट साइजको फोटो र नेपाली नागरिकताको फोटोकपी पेस गर्नुपर्ने छ। अडिसन बिहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने नेपाल आइडलका प्रोजेक्ट हेड तथा निर्देशक सुरेश पौडेलले जानकारी दिए। कसरी सहभागी
ललितपुरमा अब स्मार्ट बत्ती

ललितपुरमा अब स्मार्ट बत्ती

देश, समाचार
ललितपुर : ललितपुर महानगरपालिकाले ६ महिनाअघि सडकमा स्मार्ट बत्ती राख्ने योजना ल्यायो। सडक अस्तव्यस्त रहेको अवस्थामा यस्तो कुरा ल्याएको भनेर मेयर चिरीबाबु महर्जनको आलोचना भयो। त्यसको परवाह नगरी उनले योजना अगाडि बढाएका छन्। ‘निर्वाचनका लागि मात्र ललितपुरलाई महानगरपालिका बनाइएको थियो’, उनले भने, ‘महानगरपालिकाजस्तो ठाउँमा एक जना पनि इलेक्ट्रोनिक इन्जिनियर पाइनँ।’ उनी योजना बोकेर विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसम्म पुगे। त्यसमा घिसिङले सहयोग गरेको उनले सुनाए। ‘उहाँले नै डिजाइन गर्नुभयो’, उनले भने, ‘टेन्डर निकाल्न पनि उहाँको सहयोग छ।’ करिब चार महिनाअघि टेन्डर खुलाइएको थियो। पहिलो पटक एक जनाको मात्रै टेन्डर पर्‍यो। दोस्रो पटक तीन प्रतिस्पर्धी आए। त्यो प्रक्रिया पनि रद्द गरी तेस्रो पटक टेन्डर निकालिएको थियो। भारतीय कम्पनी क्रम्प्टन इन्डिया लिमिटेडले साढे ७ करोडमा टेन्डर पारेको
रविविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै

रविविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै

देश, समाचार
काठमाडौं । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहनका अभियुक्त रवि लामिछाने र युवराज कँडेल तथा अस्मिता कार्कीलाई थुनामा राखेर थप अनुसन्धान गर्न माग गर्दै दर्ता भएको रिटमाथि बिहीबार सुनुवाई हुँदैछ । उच्च अदालत पाटनको हेटौंडा इजलासले रवि, युवराज र अस्मितालाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै दर्ता भएको रिटमाथि आज सुनुवाई गर्ने भएको हो। पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनका अभियुक्त रवि पाँच लाख, युवराज तीन लाख रूपैयाँ धरौटीमा छुटेका थिए भने अस्मिता सामान्य तारेखमा छुटेकी थिइन्। तीनै जनालाई थुनामा राख्न माग गर्दै सरकारी वकिलको कार्यालयले गत सोमबार उच्च अदालतमा रिट दायर गरेको थियो। उक्त रिटमाथि मंगलबार भएको सुनुवाईमा न्यायाधीश टेकराज नेपालको एकल इजलासले रवीसमेतको निवेदन, सरकारी वकिल कार्यालयको निवेदन र चितवन जिल्ला अदालतले पठाएको प्रतिवेदन एकसाथ राखेर पेश गर्न आदेश दि
हेर्नुहोस् भद्रगोल टिमको नयाँ सिरियल ‘सक्किगोनि’को ट्रेलर

हेर्नुहोस् भद्रगोल टिमको नयाँ सिरियल ‘सक्किगोनि’को ट्रेलर

देश, समाचार
हाँस्य सिरियल ‘भद्रगोल’ छाडेका कलाकारहरुको समुहले ‘सक्किगो नि ‘ नामक सिरियलको छोटो क्लिप्स आज सार्वजनिक गरिएको छ।यो सिरियल आगामी असोज २ गतेदेखि नेपाल टेलिभिजनमा हरेक बिहिबार बेलुका ८:४५ बजे प्रसारण हुनेछ ।गएको शुुक्रबारबाट मिडिया हवकै प्रस्तुतिमा नयाँ कथावस्तु, नयाँशैली र नयाँ कलाकारका साथ ‘भद्रगोल’ प्रसारणमा आयो । तर नयाँ ‘भद्रगोल’लाई दर्शकले मन पराएनन् र पहिलाकै टीम ‘भद्रगोल’मा आउन पर्यो भन्दै दर्शकले माग राखेपछि पुराना ‘भद्रगोल’का टीमले नयाँ हाँस्य टेलिशृंखला ल्याउने भएका छन्। बुधबार काठमाडौंमा प्रेस मिटको आयोजना गर्दै टीमले हाँस्य टेलिशृंखला ‘सक्किगोनी’ ल्याउने घो*षणा गरेका हुन्।निर्माण कम्पनी मिडिया हवसँगको आर्थिक मा*मिलामा कुरा नमिलेपनि भद्रगोलका सम्पुर्ण कलाकारहरु मिडियाहवबाट ‘भद्रगोल’ टीमअलग्गिन बाँ*ध्य भएका हुन्।केही दिन अघि देखिनै सामाजिक सञ्जालमार्फत कलाकारहरुले ‘टीम त्यही, थ