Month: October 2019

नेकपालाई सीका पाँच सन्देश

नेकपालाई सीका पाँच सन्देश

देश, समाचार
२६ असोज, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुबीच भेटवार्ता भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपाका सचिवालय सदस्यहरुले सीसँग सामूहिक भेटवार्ता गरेका हुन् । भेटमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल सहभागी थिए । यस्तै नेकपा नेता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि भेटमा सहभागी थिए । स्रोतका अनुसार भेटमा राष्ट्रपति सीले मुख्यतः पाँच वटा विषयमा जोड दिएका छन् । पहिलो : नेपालले जुन राजनीतिक उपलब्धी र स्थायित्व हासिल गरेको छ र विकासको बाटोमा हिँड्न खोजेको छ, त्यसका लागि बधाई दिन्छु र चीन सधैं साथमा रहनेछ । दोस्रो : नेपाल र चीनको सम्बन्ध राम्रो छ । र, यसलाई अझ सुदृढ गर्दै लैजानुपर्छ । दुई पार्टी (