शारीरिक सम्बन्धमा महिला र पुरुष दुवै एकैसाथ कसरी चरम उत्कर्षमा पुग्ने ?

0
767

एजेन्सी । यौनक्रिया जीवनको अत्यन्तै महत्वपूर्ण र संवेदनशील पाटो हो । विवाहपछिको जीवनमा यसको सफलताले जीवनको सफलता वा असफलतासँग कुनै न कुनैरुपमा जोडिएको हुन्छ ।

हामीले आफ्नौ यौन जीवनलाई सफल पार्नका लागि आफ्नो पार्टनरलाई ध्यान दिनु आवश्यक हुन्छ । पार्टनरले यौनक्रियाबाट आनन्द लिएको वा नलिएको भन्ने कुराको सधैँ ख्याल गर्नुपर्छ ।

महिलाको योनीको दुई इन्चको घेरा मात्र सबैभन्दा संवेदनशील र उत्तेजना कायम गर्ने खालको हुन्छ । पुरुषले भने आफ्नो लिंग छोटो र सानो भएको चिन्ता गर्छन् । यो कुरालाई ध्यान नदिएर योनी बाहिरका उत्तेजना फैलाउने भागलाई स्पर्श गर्दा महिला छिटो चरम उत्कर्षमा पुग्छन् भन्ने कुरामा ध्यान दिनुपर्छ ।

धेरै पुरुषहरु महिलाको योनी गहिरो ठानेर भित्रैसम्म लिंग लगेमा महिलाहरुले आनन्द लिन्छन् भन्ने मान्यता राख्छन् । यो गलत हो । योनी बाहिरको भागमा आउने उत्तेजनाले महिलाहरु चरम उत्कर्षमा पुग्छन् । यो क्रियालाई सधैँ ध्यान दिनुपर्छ ।

सफल यौनक्रियाका लागि दुवैमा रुची र उत्तेजना बराबर हुनुपर्छ । तर महिला तयार नहुँदै पुरुष र पुरुष तयार नहुँदै महिला यौनमा सक्रिय हुँदा आफ्नो पार्टनरलाई असर पुग्छ । त्यसैले एकअर्कालाई तयार गरेर मात्र यौन सम्बन्ध कायम गर्नुपर्छ ।

योनीमा लिंग प्रवेश गरेपछि पुरुषहरुले बाहिर र भित्र गर्छन् । यो तरिकाले आनन्द बढाउनका लागि राम्रो काम नगर्न पनि सक्छ । योनीको भित्र र बाहिरसँगै छेउँछाउँमा पनि घर्षण गराउँदा छिट्टो उत्कर्षमा पुग्न सकिन्छ ।

पछिल्लो समय प्राकृतिक तरिकाले यौन आनन्द नहुँने अवस्थामा कृत्रिम तरिका पनि अप्नाउन सकिन्छ । क्रिमहरुको प्रयोग, औषधिको प्रयोग वा योनीमा रक्तप्रवाह बढाउने अन्य उपायले पनि दुवैजना चरम उत्कर्षमा पुग्न सक्छन् । यसो गर्दा चिकित्सकको सल्लाह भने अनिवार्य लिनुपर्छ । यस्ता तरिकाले महिला र पुरुष दुवैजना एकैसाथ यौन सन्तुष्टि लिन सफल हुन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here