एक दिनमा कति पटक शारीरिक सम्बन्ध राख्ने ?

0
472

एजेन्सी । शारीरिक सम्बन्ध विवाहित जोडीको निजी मामिला हो । तर यो स्वथकर र आनन्ददायी हुनुपर्छ । एक दिनमा कति पटक यौनक्रिया गर्ने ?

धेरैलाई लाग्नसक्छ यसको कुनै ठोस जवाफ छ । तर व्यक्तिको रुची, उमेर, स्वास्थ्य र वातावरणले कति पटक यौन सम्बन्ध कायम गर्ने भन्ने कुरामा प्रभाव पार्छ ।
बेलायती र अमेरिकी अनुसन्धानकर्ताले यसका विषयमा केही तथ्य भने पत्ता लगाएका छन् । दैनिक यौनक्रियालाई पनि राम्रो मानिए पनि १८ देखि २९ वर्षको उमेर भएका जोडीले वर्षमा ११२ पटक यौन सम्पर्क गरेमा सामान्य मानिन्छ । यसको हिसाब गर्दा तीनदिनमा एक पटक सेक्स भयो भने सामान्य मान्न सकिन्छ ।

त्यस्तै ३० देखि ४० वर्षको जोडीले वर्षमा ८६ पटक अर्थात चार दिनमा एक पटक यौनक्रिया गरेमा सामान्य मान्न सकिन्छ । उमेर बढेसँगै यौनक्रिया गर्ने क्षमता कमजोर हुँदै जान्छ ।

मानिसको शारीरिक अवस्था, रुची, वातावरण र उमेरका आधारमा २४ घन्टामा ३/४ पटकसम्म पनि यौनसम्बन्ध गरेको पाइन्छ । यसलाई पनि असामान्य रुपमा लिइएको छैन । धेरै पटक यौन सम्बन्ध स्थापित गर्दा थकान महसुस भने हुनेगर्छ । २४ घन्टामा धेरै पटक यौनक्रिया गर्दा स्वास्थ्यमा दीर्घकालीन असर भने गर्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here