Home Blog Page 3

किन विवाहित महिलाहरु पर-पुरुषहरु संग अ’वैध सम्बन्ध राख्छन?यो पढ्नुहोस्

0

विवाहित महिलाहरुले आफ्नो पति हुँदाहुँदै परपुरुषसँग किन अवैध सम्बन्ध राख्छन् त ? प्रश्न निकै जटिल छ । कुनै पनि परपुरुषसँग शारीरिक सम्बन्ध राख्ने इजाजत हाम्रो संस्कृतिले दिँदैन ।

तर पनि कतिपय महिलाहरु परपुरुषसँग आकर्षित हुने गरेको पाइन्छ । यसको कारण व्यक्तिगत रुपमा फरक-फरक हुनसक्छ । त्यसमा पनि मुख्यतया पाँच कारण नै बढी जिम्मेवार हुने गरेको पाइन्छ ।के हुन् त ती पाँच कारणहरु ?

एक्लोपना:
पुरुषहरु प्राय: काममा व्यस्त हुने भएकाले घरबाहिर नै रहन्छन् । उनीहरुले पत्नीलाई पर्याप्त समय दिन सक्दैनन् । अझ हाम्रोजस्तो मुलुकमा त हजारौँ युवा विवाह गरेर विदेशिएका छन् । यस्तो अवस्थामा लामो समयसम्म उनीहरुबीच भेटघाटसमेत हुँदैन । यता पत्नीहरुलाई भने एक्लोपनाले सताउन थाल्छ । यौन चाहना पनि विस्तारै बढ्दै जान्छ । अनि नचाहेरै पनि उनीहरुमा विकल्पको सोच उत्पन्न हुन्छ । जसले उनीहरुलाई परपुरुषको जालमा पुर्‍याउँछ ।

बढी उमेरको वा मन नपरेको जीवनसाथी: हामीकहाँ विवाह अझै पनि आफूलेमात्र चाहेर हुने अवस्था छैन । त्यसमा परिवारको पनि स्वीकृति अनिवार्य मानिन्छ । अझै धेरैले त बाबुआमाले खोजेको वा अभिभावकले मात्र मन पराएको केटासँग विवाह गर्छन् । यस्तो अवस्थामा जीवनसाथी आफूले चाहेको र मनपराएको जस्तो नहुन सक्छ । कतिपय बढी उमेरका हुने गरेको पाइन्छ भने कतिपयको रुपरंग मन नपर्ने खालको हुनसक्छ । यस्तो अवस्थामा पत्नीहरु पतिप्रति विकर्षित र परपुरुषप्रति आकर्षित हुने जोखिम बढ्छ ।

यौ*न समस्या:

कतिपय पुरुषमा के पनि समस्या हुन्छ भने उनीहरु आफ्नो पत्नीलाई यौनसम्बन्धका दौरान पूर्ण सन्तुष्टि दिन सक्दैनन् । यसमध्ये केहीमा यौन समस्या हुने गरेको पाइन्छ भने केहीले पार्टनरको फिलिङ्सलाई ख्याल नराखी सम्बन्ध राख्छन् । यसले महिलालाई पूर्णसन्तुष्टि दिन सक्दैन । अनि उनीहरु परपुरुषप्रति आकर्षित हुन थाल्छन् ।

पश्चिमी प्रभाव:
पश्चिमी समाज हाम्रो तुलनामा निकै उदार छ । त्यहाँ विवाह र सम्बन्धविच्छेद निकै आमविषय हुन् । मन पर्दा सम्बन्ध जोड्छन्, नपरेको दिन छुट्टिन्छन् । यस्तो गर्दा पनि समाजले केही चासो राख्दैन । विवाह नै नगरी सँगै बस्दा पनि कसैको टाउको दुखाई हुँदैन । अहिले युवापुस्तामा त्यस्तो कल्चरप्रतिको आकर्षण निकै पाइन्छ । उनीहरु पनि त्यस्तै स्वतन्त्रता चाहन्छन् । जसले हाम्रो समाजमा गलत मानिने परपुरुष सम्बन्धतर्फ आकर्षित गराउन भूमिका खेलिरहेको छ ।

पैसाको चाहना:
प्राय महिलाहरु खर्चको मामलामा पुरुषभन्दा केही अघि हुन्छन् । त्यसो त खर्च गर्नुपर्ने ठाउँहरु पनि महिलाका लागि धेरै हुन्छ । स‌िंगारपटार, लुगाफाटो, गरगहना अनि विलाशितामा महिलाहरुको विशेष चाख पाइन्छ । साथीसंगीहरु ठाँटिएर हिँड्दा र विलाशी जीवन बिताउँदा स्वभाविक रुपमा उनीहरुलाई पनि लोभ्याउँछ । यस्तो अवस्थामा जब पतिले आफ्ना सानाभन्दा साना आकांक्षाहरु पनि पूरा गर्न सक्दैन, तब महिलाहरु परपुरुषतर्फ आकर्षित हुन्छन् । सवाल नेपाल बाट ।

मनछुने कथा असल श्रीमती, महिलाले एकचोटी अबस्य पढौं

एक युवा , जस्को ठुलो घर थियो, हाँसी खुसी परिवार थियो, सुख, सुबिधा सबै थियो, परिपक्क उमेर भएकाले चारै तिर बाट बिहेको लागि कुरा आउँछ, कुल घरानकी एक असल केटि सँग बिबाह पनि हुन्छ, तर उ प्रायस् उदास रहिरहन्थ्यो, दिल खोलेर हाँस्ने रमाईलो गर्ने गर्दैनथ्यो, किनकि बाहिर बाट जे देखिन्थ्यो त्यो पूरा साँचो थियन। घर ठूलो भएर के गर्नु लाखौं रिणमा डुबेको थियो, त्यस माथी बिहेको खर्च ले थपिएको रिणको ब्याज समेत तिर्न धौ धौ भयो। समय बित्दै गयो, छोरो जन्मियो, हुर्कँदै गयो। कहिल्यै खाली नबसि परिश्रम गरेर कमायको पैसा ले अब घर चलाउन गारो भयो, रिणको सावाँ घटाउने त कुरै छोडौं।

यी सबै कुरा हरुको पीडा आफ्नो ठाउँमा थिए, उस्ले श्रीमतीको लागि बिहेमा किनेका गहना हरु समेत नक्कली थिए,कुनै दिन उनले थाहा पाईन भने के हुन्छ होला भन्ने पिडाले पनि सताउथ्यो उस्लाई। घरको समस्या कसै सँग सेयर कैलेपनी गर्दैनथ्यो।
एक दिन सुन्दर भबिस्य बनाउनुपर्छ भनेर श्रीमती अनि परिवारलाई मनाएर बिदेश लाग्छ, दिन, महिना हुँदै केही बर्ष बित्छ, घरमा खर्चको लागि मात्रै पैसा पठाउथ्यो, बाँकी पैसा रिण लियका हरुलाई नै पठाउने गर्थ्यो। घरमा भने बैंकमा पैसा जम्मा गरेको छु आएपछी केहि गर्नुपर्छ भनेर ढाँट्नेगर्थ्यो। जब रिण तिरेर भ्याउँछ अनि घर फर्कन्छ। एक दिन अचानक छोरो सिंडी बाट लड्न पुग्छ , हतार हतार एम्बुलेन्समा हस्पिटल लैजान्छन, डाक्टरले निक्कै पैसा लाग्ने कुरा बताएपछी उस्को सात्तो जान्छ, आज सम्म न उ सँग बैंकमा पैसा छ न त कुनै कुरा बेचेर पैसा आउने कुरा नै छ।

श्रीमतीले बैंक गएर पैसा निकालम भनेर हतार हतार श्रीमानलाई तानेर लान्छिन बिचरा उ केइ बोल्न सक्ने अवस्थामा नै छैन, उ कहाँ जाँदैछ भन्ने कुरा पनि तेत्ती मेसो पाईराको हुन्न । जब बैंक पुग्छ उ छक्क पर्छ। श्रीमतिले एटिएम बाट पैसा निकाल्छिन। उ हेरेको हेरेइ हुन्छ, हस्पिटल पुगेर पैसा बुझाउछिन, सबै जना चिन्तित भैराको अवस्थामा एकैछिन पछि भित्रबाट डाक्टर आउँछन अनि बाबुमा निक्कै सुधार भएको र कुनै पनि खतरा नभएको कुरा सुनिसके पछि सबै खुसी हुन्छन ।
अनि श्रीमतिले भन्छिन “हजुरको पीडा मैले बुझेको छु सोनु,यो हजुरले नै पठानुभयको पैसा हो, मैले घरमा बस्दा मेसिन चलायर,फुर्सदमा अरुको मेला गएर तथा आईपरेका काम हरु गरेर अलिअली कमाउँथे ,तेसैले घर खर्च चल्थ्यो, हजुरले पठायको सवै पैसा मैले बैंकमा खाता खोलेर जम्मा गर्थें , हजुरले नभने पनि घरको अवस्था मलाई राम्रो सँग थाहा थियो, अनि यो गहना नक्काली हो भन्ने पनि थाहा छ मलाई, हजुरलाई मैले नभनेको मात्रै हो , मेरो लागि सुन बहुमुल्य होइन सोनु, जुन दिन हामी एक भएका थियौं, अग्नि अनि हाम्रा सबै आफ्ना हरुलाई साँछी राखेर हरेक सुख दुखमा साथ दिने भनेर कसम खाएका थियौं त्यो दिन हजुर बाट पाएको यो उपहार चाहे जे सुकैले बनेको होस मेरो लागि हिरा मोति भन्दा कम छैन ।”

उ केही बोल्न सक्दैन, एक टक लाएर श्रीमतिलाई हेरेर आँशु बगाईरहन्छ , श्रीमती ले आमाले झैं उस्लाई अँगालोमा बेर्छिन।आज सम्मको उस्को पीडा सबै एकैपलमा हराएको महसुस गर्छ। एक दुई दिनमा बाबुलाई पनि ठिक हुन्छ अनि अब चाहे जे होस, सुख दुख सबै मिलेर संगै सहने , जे छ त्यसमै रमाउने बिचार लिएर अब कैले पनि नछुट्टिने, कैले बिदेश नजाने अठोट लिन्छन र खुसी साथ जीवन बिताउँछन।

छोरीको हनिमुनमा सासुले ज्वाईसँग शारीरिक सम्पर्क राखेपछि…

0

एजेन्सी– हरेक आमाहरुको चाहना आफ्नो छोरीको घरबार राम्रो बनोस् भन्ने हुन्छ। तर लन्डनमा भएको घटनामा ठीक उल्टो भएको छ।

छोरीको घरबार आफ्नी आमाकै कारण उजाडिएको छ। लन्डनकी एक युवती आफ्नो विवाह पछि हनिमुनका लागि पतिसँगै आफ्नो आमालाई पनि साथमा लिएर गईन्। त्यहाँ पति–पत्नीबीचमा हुने काम सासु र ज्वाईको बीचमा भईदियो। सासुले आफ्नै ज्वाईको माध्यामबाट छोरो जन्माइन्।

यो घटना लन्डनस्थित ट्विकेनहमको हो।

त्यहाँ बस्ने लौरेन नामकी एक युवतीको विवाह पौल नामक युवकसँग भएको थियो ।विवाह यति रमाइलोसँग भयो कि लौरेनले आफ्नी आमालाई समेत हनिमुन जाँदा सँगै लिएर गइन्।

त्यो बीचमा लौरेनकी आमा र पौलकोबीचमा शारीरिक सम्बन्ध भयो। यो कुरा लौरेनलाई थाहै भएन। तर विवाह भएको ८ हप्ता बितेपछि लौरेनले वास्तविकता पत्ता लगाइन्। उनका पति पनि घर छोडेर सासुसँग गएर बस्न थाले। ९ महिनापछि लौरेनकी आमाले एक बच्चालाई जन्म दिइन्।

निकै भाइरल नर्स काण्ड बाइरियो …

0

काठमाडौं / नेपाली कमेडी भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ । भिभिन्न बिसयमा समाबेश गरि मनिषहरुलाई मनोरंजन दिनका लागि दिनानु दिन यस्ता भिडियोहरु निर्माण भैरहेका छन् ।
हास्नु स्वास्थ्यका लागि पनि अत्यन्तै राम्रो मानिन्छ त्यसैले दर्सकहरुको स्वस्थलाई मध्यनजर गर्दै युटुब च्यानल राष्ट्रियता टिभीले बिभिन्न भिडियोहरु सर्बजनिक गर्ने क्रममा एम.आर. क्रेजीको भाग ३ सर्बजनिक गरेको छ ।

भिडियोमा समाजमा चलि आएका भिभिन्न बिसयलाइ ब्यंगात्मक तरिकाले प्रस्तुत गरिएको छ । सानो सानो कुराहरु जुन तपाईहरुले भुल्दै जानु भएको छ त्यस्ता कुराहरुलाइ लिएर बनाइएको तलको भिडियोले तपाईहरुलाई भरपुर मनोरंजन दिने छ ।

मनोरन्जनका लागि बनाइएको यो भिडियो नेपालका भिभिन्न ठाउमा छायांकन गरिएको हो । यसमा अभिनय गर्ने कलारहरु तथा प्राबिधीक टोली सबै पुर्वकै हुन् । भिडियोमा ईस्वर दुलाल, सोनिया न्यौपाने, पबित्रा ढुंगान, प्रतिक्षा पोख्रेलको अभिनय रहेको छ ।

भिडियोलाई विप्लप अधिकारीले छायांकन गरेका हुन् भने सम्पादन तथा निर्देशन दुलालकै रहेको छ ।

भिडियोमा कलाकारहरुले यो सानो प्रसङघलाई निकैनै कलात्मक तरिकाले प्रस्तुत गगरेका छन

यसरि अमेरिका पुग्यो कोरोना भाइरस, चीनमा ९ जनाको मृत्यु

0

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस संयुक्त राज्य अमेरिका पुगेको छ। अमेरिकाको वासिङट्न राज्यमा उक्त भाइरसबाट संक्रमित एक जना अस्पताल भर्ना भएका छन्। ३० वर्षजतिका ती पुरूष केही दिनअघि चीनको वुहान बसेर फर्किएका थिए। सिटल सहरस्थित अस्पतालमा भर्ना भएका उनको अहिले उपचार जारी छ। उनी लक्षण देखिनासाथ अस्पताल भर्ना भएकाले कोरोना भाइरसलाई फैलिन रोकिएकोमा स्वास्थ्य अधिकारीहरूले सन्तोष व्यक्त गरेका छन्। यो भाइरस सबैभन्दा पहिला वुहानमा रहेको हुवानान होलसेल सीफुड मार्केटबाट यो भाइरस मान्छेमा सरेको थियो। अहिले त्यो बजार बन्द गरिएको छ। त्यसपछि संक्रमित मानिसबाट अरूमा सर्दै गएपछि अहिले कोरोना भाइरस थाइल्यान्ड जापान र कोरियासम्म फैलिइसकेको छ। चीनमा मात्र यो भाइरसका कारण ९ जनाको ज्यान गएको छ भने चार सय ४० जना संक्रमित भएका छन्। के हो कोरोना भाइरस? तीन साताअघि चीनको वुहानबाट फर्केका एक नेपाली नागरिकमा कोरोना भाइरस संक्रमण भएको शंका गरियो।

वुहानमा अध्ययन गर्ने उनी नेपाल आउँदा श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल गएका थिए। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले उनमा कोरोना भाइरस संक्रमण भएको शंका गरेको छ। यो भाइरसबारे सचेत रहन विश्व स्वास्थ्य संगठनले पनि स्वास्थ्य मन्त्रालयलाई सूचना जारी गरिसकेको छ। चीनमा आतंक बनेको कोरोना भाइरस संक्रमणले ९ जनाको मृत्यु भइसकेको चिनियाँ अधिकारीले जनाएका छन्। चार सयभन्दा बढी संक्रमित र त्योभन्दा धेरै बिरामी भएको अनुमान छ। लबिल्कुलै नयाँ प्रकारको यो रहस्यमयी भाइरस गत डिसेम्बरमा पत्ता लागेको हो। अहिले यो चीनको सीमाना पार गरेर थाइल्यान्ड, जापान, दक्षिण कोरिया र अमेरिका पुगिसकेको छ। बिरामीबाट लिइएको भाइरसको नमूना जाँचेर चिनियाँ अधिकारी र विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस भनेर पहिचान गरेका हुन्। कोरोना भाइरस विभिन्न प्रकारका हुन्छन्। यसमध्ये छ प्रकारका भाइरस मात्र मान्छेमा संक्रमण हुने मानिन्थ्यो। यो नयाँ प्रकार पत्ता लागेसँगै यसको संख्या सात पुगेको छ। नयाँ भाइरसको ‘जेनेटिक कोड’ विश्लेषणबाट यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरू कोरोना भाइरसको तुलनामा धेरै भएको पत्ता लागेको छ। यो कोरोना भाइरसकै एक प्रकार ‘सार्स’ जत्तिकै शक्तिशाली भएको बताइएको छ। सार्स धेरै खतरनाक कोरोना भाइरस हो। चीनमा सन् २००२ मा ८ हजारभन्दा बढी मान्छे यसबाट संक्रमित थिए। ७७४ जनाको मृत्यु भएको थियो। यो नयाँ भाइरसको संक्रमण हुँदा सामान्य रूघाखोकीका लक्षण देखा पर्छन्। असर गम्भीर भए मृत्यु पनि हुन सक्छ। युनिभर्सिटी अफ एडिनबराका प्राध्यापक मार्क वुलहाउसको भनाइ उद्धृत गर्दै बिबिसीले लेखेको छ, ‘जब हामीले यो नयाँ कोरोना भाइरस देख्यौं, यसको असर यति धेरै खतरनाक किन छ भनेर बुझ्न खोज्यौं। सामान्य रूघाको लक्षण देखाउने भए पनि यसको असर त्यतिमै रोकिँदैन। यो चिन्ताको विषय हो।’ यो भाइरस कुनै एक प्रजातिको जीवबाट अर्को प्रजातिमा सर्ने अनुसन्धाताहरू बताउँछन्। यसरी सर्दैसर्दै यो मान्छेसम्म पुग्छ। यो कसरी र कस्तो अवस्थामा सर्दै आउँछ भन्नेबारे हालसम्म कुनै जानकारी छैन। नोटिङ्गम युनिभर्सिटीका जीव वैज्ञानिक जोनाथन बलका अनुसार यो बिल्कुलै नयाँ भाइरस भएकाले धेरै जानकारी लिन सकिएको छैन। जनावरबाट सरेर मान्छेमा आएको उनको अनुमान छ। यसअघि आतंक फैलाउने सार्स भाइरस पनि बिरालो जातको जनावरबाट मान्छेमा सरेको थियो।

सीमापार रेलको डीपीआर बनाउन चिनियाँ टोलीको प्रतिक्षा ८ माघ, काठमाडौं । नेपाल र चीनबीच हिमालय सीमापार रेल्वे लाइन निर्माणको विस्तृत सम्भाव्यता अध्ययनसहित परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि चिनियाँ टोली छिट्टै नेपाल आउने भएको छ । रेल विभागका अनुसार चिनियाँ नयाँ वर्षपछि चिनियाँ प्राविधिक टोली नेपाल आउने अपेक्षा गरिएको छ । नेपाल र चीनबीच काठमाडौं-केरुङ, काठमाडौं पोखरा र पोखरा-लुम्बिनी रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने समझदारी भइसकेको छ । चीनले आफ्नै खर्चमा तीनै रेलमार्गको सम्भाब्यता अध्ययन सुरु गर्दैछ । रेलमार्गको वातावरणीय अध्ययन भने नेपाली पक्षले गर्ने योजना छ । गत मंसिर १० मा भएको डीपीआर निर्माणसम्बन्धी समझदारीपछि चिनियाँ पक्षले अनौपचारिक रुपमा चिनियाँ नयाँ वर्ष मनाएपछि प्राविधिक टोली नेपाल पठाउने जानकारी दिएको थियो । रेल विभागमा महानिर्देशक बलराम मिश्राले अहिलेसम्म कहिलेबाट चिनियाँ टोली आएर काम सुरु गर्छ भन्ने अपौचारिक जानकारी आएको छैन । ‘हामीलाई अपेक्षा छ कि चिनियाँ नयाँ वर्षपछि नै टोली नेपाल आएर काम थाल्छ,’ उनले भने, ‘यसमा आवश्यक सहजीकरण विभागले गर्छ, हामी चिनियाँ टोलीलाई पर्खिरहेका छौं ।’ कसले के-के गर्नेछन् ? असोजको अन्तिम सातामा भएको चिनियाँ राष्ट्रपति चिनफिङको नेपाल भ्रमणका क्रममा सीमा वारपार रेलमार्गको सम्भाव्यता अध्ययनको समझदारीपत्रमा हस्ताक्षर भएको थियो । त्यसको कार्यान्वयनका लागि कठमाडौंमा मंसिर दोस्रो सातामा भएको नेपाल र चिनियाँ अधिकारीहरुको बैठकले सम्भाव्यता अध्ययनको काम बाँडफाँट गरेको थियो
बैठकले नेपाली र चिनियाँ पक्षका काम र जिम्मेवारी टुंगो लगाएको थियो । यो अध्ययनपछि फिल्डमा गर्नुपर्ने सबै खालमा सर्भेका काम सकिनेछन् । चीनले आफ्नो खर्चमा म्यापिङ सर्भे, भौगर्भिक अध्ययनसहित विस्तृत सम्भाव्यता अध्ययन गर्नेछ । नेपालले भने वातावरणीय प्रभाव मल्यांकन (ईआईए)का साथै चिनियाँ टोलीलाई सुरक्षा लगायतका सहयोग उपलब्ध गराउने छ । डीपीआर बनाउन आवश्यक तथ्यांक उपलब्ध गराउने र सबै खालको सहजीकरण गर्न पनि नेपाल तयार छ । यस्तो छ योजना केरुङ-काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन भइसकेको छ । चिनियाँ परामर्शदाताले तयार गरेको पूर्वसम्भाव्यता अध्ययन रिपोर्टअनुसार केरुङ-काठमाडौं रेलमार्ग बनाउन करिब ३ खर्ब बढी खर्च हुने अनुमान छ । करिब ७३ किलोमिटर लामो रेलमार्गमा ९८.५ प्रतिशत पुल र सुरुङमार्ग हुने र निर्माण सम्पन्न हुने ९ वर्ष लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ । चीनले बनाइदिने काठमाडौं-पोखरा रेलमार्ग करिब १६८ किलोमिटरको हुनेछ । यो रेलमार्ग काठमाडौंबाट कुरिनटार हुँदै त्रिशुली नदीको किनारैकिनार पोखरासम्म बन्नेछ ।

पोखरा-लुम्बिनी रेलमार्ग कुरिनटारबाट भरतपुर हँदै बुटवल र त्यहाँबाट लुम्बिनीको मायादेवी मन्दिरको परिसरसम्म पुग्नेछ । यो रेलमार्ग करिब १५७ किलोमटर लामो हुनेछ । यसमा भरतपुरबाट बुटवलसम्म पूर्वपश्चिम रेलमार्गमा जोडिने सम्भावना छ । बुटवलबाट लुम्बिनीसम्म भने थप रेलमार्ग बनाउनुपर्ने हुन्छ योजनाअनुसार रेलमार्ग निर्माण भएमा चीनबाट चढेका यात्रु काठमाडौं हुँदै सीधै पोखरा र लुम्बिनीमा उत्रनेछन् । काठमाडौं-पोखरा र पोखरा-लुम्बिनी रेलमार्ग निर्माण पनि केरुङ-काठमाडौं रेलमार्गभन्दा सहज हुने बताइन्छ । केरुङ काठमाडौं रेल ४ हजार मिटरबाट १४ सय मिटरमा र्झनुपर्छ । तर काठमाडौं-पोखरा र पोखरा-लुम्बिनी रेलमार्ग निर्माणका लागि तुलनात्मक रुपमा त्यति धेरै भौगोलिक चुनौती छैन । यी दुई रेलमार्ग निर्माण गर्दा भने १० देखि १२ किलोमिटर मात्रै सुरुङ निर्माण गरे पुग्नेछ । काठमाडौं-पोखरा रेलमार्गका लागि करिब ३ खर्ब ५० अर्ब र पोखरा-लुम्बिनी रेलमार्गका लागि करिब ३ खर्ब लागत अनुमान गरिएको छ । नेपालले यी तीनवटै रेलमार्गहरु अनुदानमा बनाइदिन आग्रह गरे पनि लगानीको मोडालिटी भने टुंगिएको छैन ।

Hello world!

0

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!